सेती नदीमा चार दिनदेखि बेपत्ता तामाङ मृत फेला

पाेखरा | फागुन १८, २०८०

सेती नदीमा चार दिनदेखि बेपत्ता तामाङ मृत फेला

पोखरा:    सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका सार्की लामा तामाङ (मानबहादुर) चारदिनपछि मृत फेला परेका छन् । आइतबार बेलुका देखि नदीमा बेपत्ता भएका तामाङलाई शुक्रबार बिहान पोखरा–१५ पट्नेरीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


गएको आइतबार पोखरा–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा उनीसँगै २ जना बेपत्ता भएका थिए । नदीमा बेपत्ता भएका मंगा तामाङलाई भने सोही दिन प्रहरीले मृत फेला पारेको थियो । 


प्रहरीले नदीमा बेपत्ता भएका तामाङलाई बिहीबार सेती नदीको ड्याम खोलेर समेत खोजतलाज गर्दा भेटाउन सकेको थिएन । आइतबार बेलुका सेती नदीमा माछा मार्न गएका ५ जना मध्ये मंगा तामाङ र सार्की लामा तामाङ बेपत्ता भएका थिए । 


 नदीमा मृत भेटिएका तामाङको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । माछा मार्न गएका कुमार तामाङ, शम्शेर तामाङ लामा र रोहित कुँवर भने सकुशल रहेको कास्की प्रहरीले जनाएको छ ।  
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्